देवचुली ।स्ववियु निर्वाचन बिथोल्ने गतिविधिप्रति अनेरास्ववियु नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुले चैत ५ गते स्ववियु निर्वाचनका विषयमा नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको बैठकको निर्णयप्रति शसंकित भएको भन्दै जिल्ला अध्यक्ष विष्णु पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गरेको हो ।
बुधबार नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको बैठक बसी स्ववियु सम्बन्धि निर्णय र कार्यतालिका सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले स्ववियु निर्वाचनको माहोल धमिल्याउन खोजेको शंका गर्दै नेपाल पब्लिक क्याम्पस संघ नवलपुरलाई जिल्लामा क्रियाशील विद्यार्थी संगठनको भावना विपरित निर्णय नगर्न अनुरोध गरेको छ । स्ववियु निर्वाचन बिथोल्ने गतिविधि भए अनेरास्ववियु चुप लागेर नबस्ने जनाएको छ ।
त्यस्तै नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको बैठकको औचित्य र आधिकारिकता प्रष्ट पार्न समेत अनेरास्ववियुले माग गरेको छ ।