आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

त्रिवेणी-दुम्किबास सडक निर्माण फास्ट ट्रयाकबाट अगाडि बढाउने प्रदेश सरकारको निर्णय

    प्रकाशित २०७९ फागुन १२, शुक्रबार (१ साल अघि)


पोखरा । गण्डकी प्रदेश सरकारले दुई छिमेकी मुलुकहरु भारत र चीन जोड्ने त्रिवेणी-कोरोला सडकका त्रिवेणी दुम्किबास सडकको काम फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको त्रिवेणी-कोरोला सडकको त्रिवेणी-दुम्किबास सडकको काम फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगरले जानकारी दिए ।

‘त्रिवेणी कोरला नाकाको सडक फास्ट ट्रयाकमा काम गर्ने गरी सम्भाव्यता अध्ययन गर्ने, वातावरणीय प्रभाव मुल्यांकन (इआइए) गर्ने, डिपिआर गर्ने निर्णय गरेको हो, डिपिआर गरिसकेपछि यसको लागत स्टीमेट तयार गर्छौ,’ प्रवक्ता गाहामगरले भने ।

डिपिआर र एआइए गरिसकेपछि निर्माणको जिम्मा कसलाई दिने र कहिलेसम्ममा यो सडक सम्पन्न गर्ने भन्नेबारे निर्णय हुने प्रवक्ता गाहामगरले बताए । उक्त सडकको दुम्किबासको बगुवनदेखि त्रिवेणी खण्ड करिब १९ किलोमिटर छ । सडक खण्ड मध्येमा करिब ८ किलोमिटर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ ।

यो सडकखण्डलाई विसं २०५९ अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको थियो । त्यसपछि गजेन्द्र मोक्ष जनतामार्ग नामाकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि बन्द भएको थियो ।नेपाल प्रेस

Write your Comment