आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

    प्रकाशित २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)


काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनबाट बडाल अध्यक्ष निर्वाचित भएका हुन्। उनी निवर्तमान महासचिवसमेत हुन्।

अध्यक्षका लागि बडालसँगै आरसी लामिछाने, मोती बिक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा १ हजार ५१७ मत खसेको थियो।

Write your Comment