आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

माओवादी केन्द्र देवचुली नगरले गर्‍यो उम्मेद्वारकाे सिफारिस

    प्रकाशित २०७९ श्रावण ३०, सोमबार (२ साल अघि)


नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) देवचुली नगर समितिले आउँदाे चुनावकाे लागि माथिल्लाे समितिमा आफ्नाे क्षेत्रमा रहेका उम्मेद्वारहरूकाे सिफारिस गरेकाे छ ।

देवचुली नगरपालिका नवलपुरकाे प्रतिनिधिसभा क्षेत्र नं. १ मा पर्दछ भने क्षेत्र नं. १ काे प्रदेश सभा क र ख दुवैलाई छाेएकाे छ । देवचुली नगर समितिले देवचुलीबाट प्रतिनिधि सभा क्षेत्र नं . १ बाट प्रत्यक्ष निर्वाचनकाे लागि ठाकुर प्रसाद चापागाई र ईन्द्रमणि भुसाललाई सिफारिस गरेकाे छ । ठाकुर चापागाई माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार सदस्य हुनुहुन्छ । यस अघि २०६४ काे संविधान सभाकाे निर्वाचनमा १ नं. क्षेत्रबाट नै उम्मेद्वार रहनु भएकाे थियाे । ईन्द्रमणी भुसाल माओवादी केन्द्रकाे पूर्व जिल्ला समिति सदस्य तथा तथा पूर्व नगर अध्यक्ष हुनुहुन्थ्याे भने किसान संघकाे जिल्ला अध्यक्ष समेत भईसक्नु भएकाे थियाे । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट समानुपातिककाे लागि दिपक वि क र ईश्वरी महताेलाई सिफारिस गरिएकाे छ । त्यसै गरी प्रदेश सभा १ (क) मा सूर्य न्याैपाने र १ (ख) मा लाेक प्रसाद भूर्तेलकाे नाम सिफारिस गरिएकाे छ । सूर्य न्यापाने २०७४ काे चुनावमा साेही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्थ्याे । हालका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग झिनाे मतले पराजित भएका थिए । लाेकप्रसाद भूर्तेल हाल माओवादी केन्द्र नवलपुरकाे जिल्ला कार्यालय सचिव हुनुहुन्छ । प्रदेश सभा १(क) बाट समानुपातिक तर्फ जयन्ती रिजाल श्रेष्ठ र भुपाल बहादुर लुङ्गेलीकाे नाम सिफारिस गरेकाे छ । त्यसैगरी १ (ख) बाट गाेमा घिमिरे र जस बहादुर सारूकाे नाम सिफारिस गरेकाे छ ।

देवचुली नगर समितिका अध्यक्ष सत्यनारायण भुसालकाे अध्यक्षतामा आइतबार दलदलेमा बैठक बसेकाे थियाे ।

Write your Comment