कावासाेती । नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गरि करिब तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा विप्लवका नवलपुर जिल्ला कमिटी सदस्य गाेपाल बस्नेत,नगर कमिटी सदस्य सीता देवी वाग्ले,मानबहादुर थापा,पृथ्वीमान महताे लगायत तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेकाहरु लाई केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।