आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुली ९ मा विपद व्यवस्थापन समिति पुनर्गठन सम्पन्न

    प्रकाशित २०७९ अषाढ १६, बिहिबार (२ साल अघि)


डण्डापानी न्यौपाने,देवचुली । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि देवचुली नगरपालिका वडा नम्बर ९ मा विपद व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।

बिहीबार देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको संयोजकत्वमा १९ सदस्यीय समिति गठन भएको हो। जसका सदस्यहरुमा राजनैतिक दलका अध्यक्ष,टोलविकास संस्थाका अध्यक्ष,वडाभित्रका अन्य संघसंस्थाका अध्यक्षहरुलाई राखिएको छ। आजको बैठकद्वारा भवितव्य विपद आइपरेमा विपदमा परेका परिवारको सुरक्षित स्थानमा स्थानान्तरणको लागि कालिका मा वि र मनकामना आधारभूत विद्यालयको भवन, क्लब भवन, मन्दिर लगाएतका संघसंस्थाको भवनको व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

रेस्क्यु टिमका लागि देवचुली ९ भित्रका ४ वटै टोल विकास संस्था र क्लबलाई आफ्नो मातहतमा व्यवस्थापन गर्न जिम्मा दिइएको छ। उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका अध्यक्ष , वडाभित्रका संघसंस्थाका प्रतिनिधि, कार्यपालिका सदस्य मधुमाया गुरुङ, वर्तमान एवं निवर्तमान जनप्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण देवचुली-९ का वडा कार्यालयका सचिव जीवन गैरेले गर्नुभएको थियो।

Write your Comment