तनहुँ ।पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा खुलेको छ ।
जेठ २७ गते बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो यातायात अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।
यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए । तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
मुग्लिङ – आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।