आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलत्कारको मुद्दा दायर

    प्रकाशित २०७८ चैत्र ३, बिहिबार (३ साल अघि)


नवलपुर। अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको छ ।नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।

उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।घटना छँदा ‘पीडित’ नाबालिग १६ वर्षभन्दा मुनि भएको अभियोगपत्रमा जनाइएको छ ।पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।

Write your Comment