ज्ञानु पंगेनी ,कावासोती। नवलपुरको कावासोती नगरपालिका १३ गैरी निवासी ५२ वर्षका माधव प्रसाद गिरीको हत्या गरेर पानीमा गाडिएको अवस्थामा शव फेला परेको छ ।
मृतक अटो चालक हुन् । कावासोती १३ स्थीत बौनाह पुल नजिकैको पानीको पोखरीमा गाडेर जलकुम्भीले ढाकेर छाडिएको अवस्थामा शप फेला परेको हो । प्रहरीले घटना स्थललाई शिल गरेर अनुषन्धानलाई अगाडी बढाएको छ ।
मृतककी छोरी सृष्टि सिरिषका अनुसार गएराति करीब साढे नौ बजेतिर एक जना २१ , २२ वर्षका यूवा आर्मी हो । लौखानीसम्म छाडिदिनुपर्यो भनेर अटोमा लग्दिनका लागि बिन्ती गरेको थियो । मृतक गिरीले राति नजाने कुरा गर्दा जति पैसा लागेपनि दिने , रक्सि पनि खुवाउने भन्दै उसले छोरी सृष्टिको समेत खुटटो ढोगेर पुर्याउन आग्रह गरेको छोरी सृष्टिको भनाई छ । उहाँले उक्त व्यक्तीलाई पहिलो पटक देखेको बताउनुभएको छ । करीब राति १० बजे अटो लिएर निस्कनुभएका मृतक गिरी १२ बजेसम्म पनि नआएपछि बारम्बार फोन गर्दा फोन नलागेको मृतककी श्रीमती पूजा कुमारी श्रीसले बताउनुभयो । पहिले पनि बिरामी लिएर अटोमा लैजाने राति पनि घरमा नआउने गरेकाले त्यस्तै केही परेर नआएको होला भन्ने सोचेर राति सुतेको श्रीमती पूजाको भनाई छ । मंगलबार बिहान ६ बजेतिर स्थानीयले बौनाह पुल नजिकै अटो दुर्घटनाग्रस्त अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । त्यसपछि परिवार र स्थानीयले अटो भएको आसपास खोजतलास गर्दा शव फेला पारेका हुन् । श्रीमती पुजाका अनुसार अटो भएको स्थानभन्दा तल्लो पट्टी जमिनमा घिसारेको डाम , पैसा छरिएको अवस्था , जुत्ता चप्पल समेत देखेपछि कहि पानी मुनी केही गरेर फालेका त होईनन् भन्ने शंका लागेर हेर्दा शव गाडेको अवस्थामा फेला परेको थियो ।
श्रीमती पूजाका अनुसार सोमबार दिउसो पनि उस्तै हुलिया भएका एक युवक अटो खोज्दै घरमै आएका थिए । मृतक गिरी नभएपछि उनी फर्किएका थिए । राति आफु सुतेकाले उक्त युवकलाई नदेखेको छोरीले बताए अनुसार सोही व्यक्ती हुन सक्ने उहाँको भनाई छ । घटना स्थल नजिकै फेला पारिएको जुत्ता , मोबाईल अटो खोज्दै आएका व्यक्तीकै रहेको छोरी सृष्टिले दावी गर्नुभएको छ । प्रहरीले घटना स्थललाई शील गरेर अनुषन्धानलाई अगाडी बढाएको छ ।
गिरीको सुनियोजित रुपमा हत्या भएको आशंका स्थानीय र आफन्तले गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही गर्न माग समेत गरेका छन् ।