घरकी लक्षिण भनेकै त्यही एउटी नारी,
त्यही नारी मात्र किन माइती लाई भारी ?
पढ्ने लेख्ने चाह थियो तर पढ्न सकिन,
समाज हितका लागि पनि केही गर्न सकिन ।
अनेकौं दुख सही घरलाई धान्दै
दाईजो जस्ता हिंसा, कुरीतिलाई आज पनि मान्दै ।
बलत्कार, हत्या, हिंसा किन धेरै बढीराछ ?
समाधान हो खोज्ने यहाँ किन तड्पी राछ ?
अब चुप नलाग बोल्नुपर्छ किशोरी,
सम्झि आफ्नै आमा बहिनी हिंसा गर्दा पहिला ।
रुने बाटो धेरै हुन्छन हास्ने बाटो एउटा
आखिर महिला नै हुन् नी हामीले पुज्ने देउता ।।
कति पिडा हुन्छ अरुको बचन सहँदा
लाग्छ मलाई डर सबैले अन्याय सहँदा ।
मनमा यती डर थिएन जति छ नी अहिले
नसहौं अन्याय चेतना फैलाउँ हामीले ।।
-(इच्छा गुरुङ्ग,
साथी शिक्षक, कावासोती
किशोरी सशक्तिकरण कार्यक्रम)