आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

असल छिमेकी नेपालद्वारा बुलिङटार र बौदीकालीका ६० जना युवालाई सीपमुलक तालिम प्रदान गर्दै

    प्रकाशित २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)


राजु चापागाई, देवचुली । असल छिमेकी नेपालद्वारा बुलिङटार र बौदीकाली गाउँपालिकाका ६० जना युवालाई सीपमुलक तालिम प्रदान गर्न लागेको छ । युवाहरुका लागि रोजगारी तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तरगत नवलपुरको दुई पालिकाबाट छनोट भएका युवाहरुलाई तालिम सुरु गरिएको हो ।

छनोट भएका युवा मध्ये २० जनालाई बेसिक सिलाई बुनाई तालिम, २० जनालाई मोबाइल रिपेयरिङ र २० जनालाई बेसिक हाउस वायरिङ तालिम प्रदान गर्न लागिएको संस्थाका परामर्श तथा परिचालन सुपरिवेक्षक नवराज मोजाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख ३ गतेबाट कावासोतीमा मोबाइल रिपेयरिङ तालिम सुरु भएको छ भने चैत ४ गतेबाट अर्खलामा बेसिक सिलाई बुनाई तालिम सुरु गरिएको छ । त्यसै गरि बैशाख १३ गतेबाट पोखरामा बेसिक हाउस वायरिङ तालिम संचालन गरिने जनाइएको छ । बेसिक मोबाइल रिपेरिङ तालिम र बेसिक हाउस वायरिङ तालिम ४५ दिनसम्म संचालन हुने साथै बेसिक सिलाई बुनाई तालिम ६० दिनसम्म संचालन गरिने मोजाकोटीले बताउनुभयो । तालिम पश्चात सहभागीहरुलाई राष्ट्रिय सीप परीक्षण समितिबाट तह एकको परीक्षामा सहभागी गराइनेछ ।

तालिममा सहभागीलाई आवश्यक बेसिक टुलसेट र सामाग्रीहरु निशुल्क उपलब्ध गराइनेछ । परियोजनाको अवधिमा प्रति व्यक्ती १ लाख बराबरको दुर्घटना बिमा गरिएको साथै बेसिक मोबाइल रिपेयरिङ र बेसिक हाउस वायरिङ तालिममा सहभागीलाई आवासीय तालिमको व्यवस्था गरिएको छ ।

संस्थाको अनुसार तालिम सम्पन्न पश्चात २५ जनालाई व्यवसायिक विकास तालिम र ३५ जनालाई करियर विकास तालिम उपलब्ध गराइने, प्रत्येक तालिमको ६/६ जना सहभागीलाई जागिर वा व्यवसायमा सहजीकरण गरिनेछ । त्यसै गरि सरकारी प्रक्रिया पूरा गरि व्यवसाय गर्नेहरु मध्ये उत्कृष्टताको आधारमा बेसिक सिलाई बुनाई तालिमका २ जनालाई २५/२५ हजार साथै बेसिक मोबाइल रिपेरिङ र बेसिक हाउस वायरिङ तालिमका २/२ जनालाई ५०/५० हजारको बिउँ पुजी प्रदान गरिने परियोजना अन्तरगत रहेको जनाइएको छ ।

Write your Comment