देवचुली । कावासोती १ मा रहेको जनकल्याण सामुदायिक वनको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको शनिबार भएको निर्वाचनबाट दलबहादुर सुनारको अध्यक्षतामा निर्वाचित कार्य समितिलाई मंगलबार सपथ ग्रहण गराइएको हो ।
निर्वाचन समितिका संयोजक इन्द्रबहादुर मोक्तानको अध्यक्षतामा मंगलबार भएको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा कावासोती १ का वडा अध्यक्ष तबारक अहमद मियाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्य ओम थापा, पुर्व वडा अध्यक्ष नारायणप्रसाद पन्त, पुर्व अध्यक्षहरु, छिमेकी वनका प्रतिनिधि लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
निर्वाचनबाट जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दलबहादुर सुनार, उपाध्यक्षमा दुर्गाबहादुर थापा, सचिवमा पुष्पा बस्याल, कोषाध्यक्षमा दिलमाया थापा, सहसचिवमा विमला कुमाल, सदस्यहरुमा गगन सिं सारु, घनश्याम तिवारी, गोरे बिक, विहीसरा बिक, तुल्सी बिक, गिता थापा तारमी, लक्ष्मी बुढाथोकी विजयी भएका थिए । खुल्ला सदस्यमा हेमबहादुर ठाडा निर्विरोध निर्वाचित भएका थिए । त्यसै गरि लेखा संयोजकमा तिलाराम भुसाल र सदस्यहरुमा जिवलाल न्यौपाने र मनबहादुर गुरुङ निर्वाचित भएका हुन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक इन्द्रबहादुर मोक्तानले सपथ गराउनुभएको हो ।
कार्यक्रममा कावासोती १ का वडा अध्यक्ष तबारक अहमद मिया, वडा सदस्य ओम थापा, पुर्व वडा अध्यक्ष नारायणप्रसाद पन्त लगायतले नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
निर्वाचन समिति सदस्य चितामाया थापाले स्वागत गरेको सपथ ग्रहण निर्वाचन कार्यक्रममा समिति सदस्य मोहन सिं खन्दुलुकले सहजीकरण गर्नुभएको थियो ।