आज:  २०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025 Search
FLASH NEWS

सिद्धार्थ बैंकको सहयोगमा कालिका माविलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

    प्रकाशित २०८१ माघ १६, बुधबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थ इष्ट र नवल समाज काठमाडौंको सहकार्य साथै सिद्धार्थ बैंकको आर्थिक सहयोगमा मंगलबार विद्यलयमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयलाई ४५ इन्चको टिभी, फ्रीज, कुर्ची लगायत बालबालिकालाई खेलका सामाग्रीहरु प्राप्त भएको विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले सिद्धार्थ बैंकको आर्थिक सहयोगमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि सिद्धार्थ बैंक दलदलेका शाखा प्रबन्धक त्रिविक्रम लामिछाने, रोटरी क्लब अफ काठमाडौं नर्थ इष्टका पुर्व अध्यक्ष रमेशजंग रायमाझी, नवल समाज काठमाडौंका प्रतिनिधि कमलराज ज्ञवाली, पुर्व वडा अध्यक्ष मेखबहादुर सारु मगर, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ बैंक दलदलेका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बताउनुभयो । त्यसै गरि रोटरी क्लब अफ काठमाडौं नर्थ इष्टका पुर्व अध्यक्ष रमेशजंग रायमाझीले क्लबले विभिन्न विद्यालयमा सहयोग गर्दै आइरहेको बताउँदै सिद्धार्थ बैंकले सहयोग गरि कालिका माविलाई सामाग्री हस्तान्तरण गर्न सकिएको बताउनुभयो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले विद्यालयमा सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद ज्ञापन गर्दै बाल कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद गतिविधि संचालनका लागि सहयोग पुगेको बताउनुभयो । वडामा रहेको सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले गर्नुभएको थियो ।

Write your Comment