देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । शनिबार भएको बालबालिकाको भेलाबाट दिप्सन भट्टराईको अध्यक्षतामा २७ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।
जसको उपाध्यक्षमा रोजिना रावल, सचिवमा जेनिशा अर्याल, सह सचिवमा रिया तामाङ, कोषाध्यक्षमा देवराज लम्साल, सदस्यहरुमा श्यामप्रसाद लम्साल, हिमाल आले, आर्जन गैरे, नारायण सापकोटा, कृटिना सिंह ठकुरी, रिस्ता काफ्ले, दीक्षा दवाडी, बाबुराम शर्मा, पुर्ण बिक, अमृत पराजुली, लजिता मोग्मी, कृति पाण्डे अन्जली काफ्ले, अर्पिती अर्याल, अपेक्षा अर्याल, पुस्नवी माकिम, आरोबी शर्मा, गौरी सापकोटा, मान्यता गुरुङ, इमरन गोदामी, शिशिर विक्रम पराजुली र ज्योती भुसाल रहेका छन् ।
देवचुली नगर बाल सञ्जालका सदस्य कृष्ण बिकको अध्यक्षतामा भएको वडा बाल सञ्जाल कार्यक्रममा देवचुली ९ का बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका कार्यपालिका सदस्य मधुमाया गुरुङ, कालिका माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल, नगर बाल संजालका उपाध्यक्ष प्रितम कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले नवनिर्वाचित वडास्तरीय बाल सञ्जालका पदाधिकारीलाई बधाई दिदै वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यसै गरि नव निर्वाचित वडा बाल सञ्जालका अध्यक्ष दिप्सन भट्टराईले आगामी दिनमा बाल बालिकाको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।