आज:  २०८१ माघ १४, सोमबार | Mon, 27, Jan, 2025 Search
FLASH NEWS

जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा दलबहादुर सुनारको प्यानल विजयी

    प्रकाशित २०८१ माघ १२, शनिबार (२ दिन अघि)


देवचुली । कावासोती १ रिठेपानीमा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दलबहादुर सुनार निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट दलबहादुर सुनारको प्यानलले नै जित निकालेका हुन् ।

कुल ३२१ जना मतदाता रहेको उक्त वन उपभोक्ता समुहको कार्यसमिति चयनका लागि २९९ जनाले मतदान दिएका थिए । अध्यक्षमा निर्वाचित सुनारले १३४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी यमबहादुर बिकले ९९ मत र रामबहादुर तामाङ्गले ४७ मत ल्याएका थिए । त्यसै गरि उपाध्यक्षमा दुर्गाबहादुर थापाले १४८ मत ल्याउँदै विजयी भएका हुन् । उनीसँग प्रतिष्पर्धामा रहेका नारायणप्रसाद घिमिरे ८९ मत र धनबहादुर बिकले ४० मत ल्याएका थिए । सचिवमा पुष्पा बस्यालले १५० मत ल्याई विजयी हुँदा शोभा बिक ९० मत र टीकादेवी बिकले ३८ मत ल्याएका थिए । कोषाध्यक्षमा दिलमाया थापाले १४५ मत ल्याई निर्वाचित हुँदा आशा सिंजाली ८६ मत र सानुमाया मोक्तानले ४० मत ल्याएका थिए । त्यसै गरि सहसचिवमा विमला कुमालले १४६ मत ल्याई विजयी भएकी थिइन् भने उनको प्रतिष्पर्धी अमरबहादुर बिकले ९० मत ल्याएका थिए ।

निर्वाचनबाट खुल्ला सदस्य गगन सिं सारु, घनश्याम तिवारी, गोरे बिक, महिला सदस्यमा विहीसरा बिक, तुल्सी बिक, गिता थापा तारमी, लक्ष्मी बुढाथोकी विजयी भएका हुन् । खुल्ला सदस्यमा हेमबहादुर ठाडा निर्विरोध निर्वाचित भएका थिए । त्यसै गरि लेखा संयोजकमा तिलाराम भुसाल र सदस्यहरुमा जिवलाल न्यौपाने र मनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको कार्यसमितिका लागि आवश्यक १६ पदका लागि ३८ जनाको उम्मेदवारी रहेको निर्वाचन समितिका संयोजक इन्द्रबहादुर मोक्तानले जानकारी दिनुभयो । मोक्तानका अनुसार दलबहादुर सुनार, रामबहादुर तामाङ र यमबहादुर बिकको प्यानल निर्वाचनमा गएको थियो । समुहको निर्वाचनका लागि इन्द्रबहादुर मोक्तानको संयोजकत्वमा मोहन खन्दुलुक र चितामाया थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

Write your Comment