आज:  २०८१ माघ १४, सोमबार | Mon, 27, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: शनिबार देवचुली ७ र देवचुली १३ विजयी

    प्रकाशित २०८१ माघ १२, शनिबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा शनिबार देवचुली ७ र देवचुली १३ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा शनिबार देवचुली ३ का विरुद्ध देवचुली १३ बिचको पहिलो खेलमा देवचुली १३ ले ३७ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १३ ले प्रमिश अर्यालको ४० रन र प्रशिद्ध अर्यालको ३० रनको मदतले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । बलिङ तर्फ देवचुली ३ का नारायण तिमिल्सिना र अनुस्पा गैरेले २/२ विकेट लिएका थिए ।

१३८ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ३ ले १४.५ ओभरमा १० विकेट गुमाउँदै ९८ रन बनाउँदै ३७ रनले हारेको हो । देवचुली ३ का सुरेश थापाले ५२ रन र निशान भट्टराईले १४ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १३ का प्रमिश अर्यालले ४ विकेट र प्रसिद्ध अर्यालले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १३ का प्रमिश अर्याल म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत शनिबार देवचुली ७ का विरुद्ध देवचुली ९ बीचको खेलमा देवचुली ७ ले १३७ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली ७ ले सुरज काफ्लेको ४२ रन र अर्जुन भुसालको २३ रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ९ का समीर भट्टराईले ३ विकेट र दिपेन भट्टराईले २ विकेट लिएका थिए ।

१६० रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ९ ले ८ ओभरमा सबै विकेट गुमाई २२ रन बनाउँदै १३७ रनको हार भएको थियो । देवचुली ९ का अनुज सारुले ८ रन र दिपेन भट्टराईले ३ रन बनाएका थिए । बलिङतर्फ देवचुली ७ का कमल अधिकारीले ६ विकेट र अमन सेन्चुरीले ४ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली ७ का कमल अधिकारी म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत आइतबारबाट दोस्रो चरणको खेल हुने साथै देवचुली १२ का विरुद्ध देवचुली १६ बिच पहिलो खेल र देवचुली १० का विरुद्ध देवचुली १७ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment