आज:  २०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: मंगलबार देवचुली १२ र देवचुली १७ विजयी

    प्रकाशित २०८१ माघ ९, बुधबार (६ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा मंगलबार देवचुली १२ र देवचुली १७ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा मंगलबार देवचुली ५ का विरुद्ध देवचुली १७ बिचको पहिलो खेलमा देवचुली १७ ले १०१ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १७ ले आयुष ज्ञवालीको ६० रन र अप्रजित पौडेलको २४ रनको मदतले २० ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । बलिङ तर्फ देवचुली ५ का शुभम पौडेलले ४ विकेट र नवु आचार्यले ३ विकेट लिएका थिए ।

२०० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ५ ले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाउँदै १०१ रनले पराजित भएको हो । देवचुली ५ का सुरज आचार्यले ४३ रन र प्रदीप तिवारीले ८ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १७ का आयुष सुबेदीले ३ विकेट र शिशिर लामिछानेले २ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १७ का आयुष ज्ञवाली म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत मंगलबार देवचुली १ का विरुद्ध देवचुली १२ बीचको खेलमा देवचुली १२ ले ६० रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १२ ले स्वागत पाण्डेको ५९ रन र शिशिर भुसालको २६ रनको मदतले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली १ का अजय थनेत र किसन बस्नेतले २/२ विकेट लिएका थिए ।

१७६ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली १ ले २० ओभरमा ७ विकेट गुमाई ११५ रन मात्र बनाएको थियो । देवचुली १ का किसन बस्नेतले ४० रन र देव पाण्डेले २५ रन बनाएका थिए । बलिङतर्फ देवचुली १२ का स्वागत पाण्डेले ४ विकेट र विलोम थापाले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १२ का स्वागत पाण्डे म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत बुधबार देवचुली ९ का विरुद्ध देवचुली १० बिच पहिलो खेल र देवचुली ७ का विरुद्ध देवचुली १५ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment