आज:  २०८१ माघ ५, शनिबार | Sat, 18, Jan, 2025 Search
FLASH NEWS

दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: शुक्रबार देवचुली ४ र देवचुली १० विजयी

    प्रकाशित २०८१ माघ ४, शुक्रबार (८ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा शुक्रबार देवचुली ४ र देवचुली १० विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा शुक्रबार देवचुली १० का विरुद्ध देवचुली १५ बिचको पहिलो खेलमा देवचुली १० ले ६ विकेटको जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको देवचुली १५ ले सन्देश भुसालको २९ रन र गोकुल चापागाईको २० रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन बनाएको थियो । देवचुली १० का गगन भट्टराईले ४ विकेट र कृष्ण घर्तीले २ विकेट लिएका थिए ।

११२ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १० ले १६.१ ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनाउँदै ६ विकेटको जित दर्ता गरेको हो । देवचुली १० का समीर श्रेष्ठले ५० रन र सोनु रेग्मीले १५ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १५ का स्वीकार श्रेष्ठले २ विकेट र राजन दरैले १ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली १० का समीर श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली ४ का विरुद्ध देवचुली ९ बीचको खेलमा देवचुली ४ ले ५५ रनको जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको देवचुली ४ ले गणेश तिवारीको २४ रन र सुरज बसेलको १४ रनको मदतले १५.५ ओभरमा १० विकेट गुमाउँदै १०५ रन बनाएको थियो । बलिङ्तर्फ देवचुली ९ का दिलकुमार मानन्धर ४ विकेट र अनिप सारुले २ विकेट लिएका थिए ।

१०६ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ९ ले ११ ओभरमा सवै विकेट गुमाई ५५ रन मात्र बनाएको थियो । देवचुली ९ का दिवश श्रेष्ठ ७ रन र निरज भट्टराईले ६ रन बनाएका थिए । बलिङतर्फ देवचुली ४ पुर्णचन्द्र तिवारीले ५ विकेट र सुरज बसेलले ३ विकेट लिएका थिए । प्रतियोगितामा देवचुली ४ का पुर्णचन्द्र तिवारी म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ६ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शनिबार देवचुली १ का विरुद्ध देवचुली ५ बिच पहिलो खेल र देवचुली १२ का विरुद्ध देवचुली १७ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment