आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

नवलपुरमा दलित जागरण अभियान नेपालको १० औं राष्ट्रिय साधारण सभा तथा बृहत भेला हुने

    प्रकाशित २०८१ माघ २, बुधबार (६ घण्टा अघि)


देवचुली । दलित जागरण अभियान नेपालको १० औं राष्ट्रिय साधारण सभा तथा बृहत भेला नवलपुरमा हुने भएको छ । माघ १८ गते शुक्रबार नवलपुरको देवचुली १७ मा रहेको वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा साधारण सभा हुने आयोजकद्वारा आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

जातीय भेदभावलाई अन्त्य गर्ने अभियान व्यापक बनाउन, जातीय विभेद विरुद्ध जनचेतना अभिवृद्धि गर्ने अभियानलाई सशक्त बनाउँदै लैजाने उदेश्यहरु राखी नवलपुरमा आयोजना हुने साधारणसभालाई व्यापक बनाउने गरि तयारी गरिएको अभियानका केन्द्रिय अध्यक्ष दधिराम परियारले जानकारी दिनुभयो ।

१० वर्ष स्थापना गरिएको दलित जागरण अभियान नेपालको ५३ जिल्लामा रहेको शाखाबाट १० औं राष्ट्रिय साधारण सभामा प्रतिनिधि उपस्थित रहनेछन् । साधारणसभामा मुख्य वक्ता हरिनन्दन कुमार रन्जन, रुवेन रसाइली, खगेन्द्र सुनार रहने साथै राष्ट्रिय कलाकार राजु परियार, पुर्णकला बिसी, गणेश विश्वकर्मा लगायतको प्रस्तुति रहने जनाइएको छ ।

पत्रकार सम्मेलनको सहजीकरण दलित जागरण अभियान नेपालका सचिव कृष्णबहादुर बिकले गर्नुभएको थियो । साथै अभियानका केन्द्रिय महासचिव भिमबहादुर बिकले साधारण सभाको तयारीको बारेमा जानकारी दिनुभएको थियो ।

Write your Comment