आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

मध्यविन्दुमा सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली सम्बन्धि तालिम सुरु

    प्रकाशित २०८१ पौष २१, आईतबार (३ महिना अघि)


चोरमारा । मध्यविन्दु नगरपालिकाको आयोजनामा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सुचना प्रणली(कोपोमिक्स) सम्बन्धी दुइ दिने तालिम सोमबारबाट सुरु भएको छ । नगरपालिकाले आर्थिक व्यवस्थापन राम्रो होस भन्ने उदेश्यका साथ नगरका सहकारी संस्थाका व्यवस्थापकहरुका लागी अनलाइन अपडेट सम्बन्धी दुइ दिने तालिम आयोजना गरेको सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिका भित्रका रहेका संघ प्रदेश तथा स्थानिय तिनै किसिमका सहकारीका व्यवस्थापक तथा सह–व्यवस्थापकहरुलाई तालिम दिइएको छ । अबका दिनमा कोपोमिक्समा नजाने सहकारीहरुलाई कारवाही गरिने समेत शर्माले बताउनुभयो ।

कोपोमिक्स भनेको सहकारी संस्थाका तथ्याङकहरुलाई एकीकृतरुपमा प्रविष्ट गर्ने सिप हो । कार्यक्रममा सन्दिप पौडेलले प्रशिक्षण गर्नु भएको छ । सहकारीलाई व्यवस्थित बनाउन तालिमले मद्दत पुग्ने उहाँले बताउनुभयो । प्रविधिको अभाव र जनशक्तिको अभावका कारण पनि सहकारीहरु कोपोमिक्समा जोडिन नसकेको उहाँले बताउनुभयो । नगरपालिकाले सहकारीहरुलाई व्यवस्थित सञ्चालन गर्नका लागी विगतका बर्षदेखि नै यस तालिम सञ्चालन गर्दै आइरहेको थियो ।

Write your Comment