आज:  २०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025 Search
FLASH NEWS

अनेरास्ववियु नवलपुरद्वारा मध्यविन्दुका ३१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित २०८१ पौष २०, शनिबार (३ दिन अघि)


नवलपुर । अनेरास्ववियु नवलपुरद्वारा मध्यविन्दु नगरपालिकाका ३१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु नवलपुरको आयोजनामा शनिबार मध्यविन्दु १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सहज रुपमा शैक्षिक गतिविधिका लागि सहयोग पुर्‍याउन विद्यालयको अनुरोधमा ३१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु नवलपुरका अध्यक्ष सौगात भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति विद्यार्थी ८ वटा कापी, १ प्याकेट पेन्सिल, इलेजर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । सदैव विद्यार्थीहरुको हकहितका लागि अगुवाई गर्ने अनेरास्ववियुले विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले अभियान संचालन गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

अनेरास्ववियु नवलपुरका अध्यक्ष सौगात भुसालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेकपा एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि अनेरास्ववियुका प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारीहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Write your Comment