आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

कालिका माविको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    प्रकाशित २०८१ पौष १५, सोमबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालयको प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो।

कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले शिक्षा क्षेत्रको सुधारको लागि राज्यले आवश्यक बजेट, नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक स्थितिमा निकै सुधार आएको र कालिका माविमा पछिल्लो समय भएको शैक्षिक सुधारका क्रियाकलाप नजिकबाट नियालिरहेको उहाँले बताउनुभयो । वार्षिकोत्सवमा बालबालिका प्रस्तुत लोक भजन र नाटकबाट प्रभावित हुँदै नगर प्रमुख न्यौपानेले विद्यालयलाई कला, संस्कृतिको जर्गेना गर्न र विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि ५० हजार सहयोग गर्ने बताउनुभयो । देवचुली नगरपालिकाले कालिका माविलाई आवश्यक सहयोगका लागि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आगामी कार्ययोजना तथा विद्यालयको आवश्यकताको बारेमा समेत जानकारी गराउनुभएको थियो । विद्यालयबाट निवृत्त हुनुभएका पुर्व प्रधानाध्यापकलाई रेशम कोइरालालाई बिदाई गरिएको थियो । त्यसै गरि वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुको लेख, रचनाहरु समेटिएको बाल कोसेलीको विमोचन सँगै विद्यालयका उत्कृष्ट शिक्षक, अभिभावकहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको कार्यक्रयमा विभिन्न कक्षाका विद्यार्थीहरुले सामुहिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी व्यक्तित्वहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक बाबुराम अधिकारीले गर्नुभएको थियो ।

Write your Comment