आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता : आइतबार पुरुषतर्फ क्वाटर फाइनलका खेलहरु सम्पन्न

    प्रकाशित २०८१ पौष १४, आईतबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतबार छ वटा खेल सम्पन्न भएका छन् ।

पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा तथा देवचुली नगरपालिका वडा नम्बर ९ र देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहकार्य समन्वयमा घुमाउरी खेल मैदानमा प्रतियोगिता सुरु भएको प्रतियोगिताका पुरुषतर्फ भएका खेलमा रतवल, शंखदेव, आयोजक र मैनाघाटले खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

शनिबारको पहिलो खेलमा गैंडाकोट-१८, आहालेले देवचुली-८, मुढाबासलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा हुप्सेकोट-४, शंखदेवले देवचुली-७, रामबासलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । तेस्रो खेलमा मध्यबिन्दु-६, मैनाघाटले देवचुली-४, झाक्रेलाई हराउँदै क्वाटर फाइनल प्रवेश गरेको थियो । चौथो खेलमा देवचुली-१६, बाह्रकोलले गैंडाकोट-१४ भागरलाई हराउँदै क्वाटर फाइनल प्रवेश गरेको थियो । पाँचौ खेलमा मध्यबिन्दु-६, मैनाघाटले आहालेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने छैठौं खेलमा कावासोती-१०, रतवलले देवचुली १६ बाह्रकोललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तरगत सोमबार रतवलका विरुद्ध शंखदेव र देवचुली ९ का विरुद्ध मैनाघाटबीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । त्यसै गरि सोमबार नै महिला तथा पुरुष तर्फको फाइनल खेल संचालन हुने समेत जनाइएको छ ।

पुरुष तथा महिला तर्फ नवलपुर जिल्लाका विभिन्न वडाका खेलाडीबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए ।

Write your Comment