आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

देवचुली होटल व्यवसाय संघको पाँचौ साधारणसभा सम्पन्न

    प्रकाशित २०८१ पौष १४, आईतबार (३ महिना अघि)


देवचुली। देवचुली होटल व्यवसाय संघको पाँचौ साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली १ नारायणी नदी किनारमा रहेको खेल मैदानमा संघको साधारणसभा गरिएको हो ।

देवचुली होटल व्यवसाय संघका अध्यक्षका अध्यक्ष लक्ष्मण चापागाईको अध्यक्षतामा भएको साधारण सभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणको उदघाटन सत्रमा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले होटल व्यवसाय संघको क्रियाशिलता मुल्यांकन गर्दै साझेदारीमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । देवचुलीमा आन्तरिक र बाह्रय पर्यटनको गन्तव्य बनाउन पालिका लागिरहेको बताउँदै होटलको सरसफाइ, गुणस्तरीय खाना/ खाजालाई ध्यान पुर्‍याउन उहाँले व्यवसायीहरुलाई सुझाव दिनुभएको थियो । आगामी दिनमा समेत संघसँग साझेदारी कार्यक्रम गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

साधारण सभामा संघका अध्यक्ष लक्ष्मण चापागाईले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष देवीप्रसाद भण्डारीले आर्थिक तथा लेखा प्रतिवेदन र सचिव खुमलाल भुर्तेलले संस्था सञ्चालन प्रक्रियाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्य दवाडी , होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य डिलकुमार श्रेष्ठ , महासंघ गण्डकी प्रदेशका महिला उपाध्यक्ष तुलसी ज्ञवाली, जिल्ला संघका अध्यक्ष सन्तोष राना, संघका संस्थापक गौरीश्वर न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

देवचुली होटल व्यवसाय संघका उपाध्यक्ष आरती सुस्लिङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीले गर्नुभएको थियो । साधारण सभाको उदघाटन पुर्व देवचुली नगरपालिकाको कार्यालय परिसर देखि दलदले सिजी आसपासका होटल हुँदै कार्यक्रम स्थलसम्म शोभायात्रा निकालिएको थियो ।

Write your Comment