आज:  २०८१ पौष १४, आईतबार | Sun, 29, Dec, 2024 Search
FLASH NEWS

३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता : शुक्रबार पुरुषतर्फ पहिलो चरणका खेलहरु सुरु

    प्रकाशित २०८१ पौष १२, शुक्रबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार चारवटा खेल सम्पन्न भएका छन् ।

पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा तथा देवचुली नगरपालिका वडा नम्बर ९ र देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहकार्य समन्वयमा घुमाउरी खेल मैदानमा प्रतियोगिता सुरु भएको प्रतियोगिताका पुरुषतर्फ भएका खेलमा देवचुली १६, गैंडाकोट १८ आहाले, देवचुली ८ मुढाबास र मैनाघाटले खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

शुक्रबारको पहिलो खेलमा देवचुली १६ ले आयोजक (बी) लाई २-१ को सेटले हराएको हो भने दोस्रो खेलमा गैंडाकोट १८ आहालेले देवचुली १० पृथ्वीनगरलाई २-१ को सेटले नै हराएको हो । त्यसै गरी तेस्रो खेलमा देवचुली ८ मुढाबासले मिलिजुली युवा क्लब हुर्जिललाई सोझो सेटले हराएको हो भने चौथो खेलमा मैनाघाटले आयोजक ( सी) लाई २-१ को सेटले हराएको हो ।

पुरुष तथा महिला तर्फ नवलपुर जिल्लाका विभिन्न वडाका खेलाडीबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिए ।

Write your Comment