नवलपुर । असल छिमेकी नेपाल कास्कीद्वारा मध्यबिन्दु २ का दुई सय धरधुरीमा मकैको बीउ र जैविक मल वितरण गरेको छ । असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्याएको नन्दपुर, सेहरी र सितापुरमा २ सय बाढीपीडित घरधुरीलाई सुवर्ण मकै र जैविक मल वितरण गरिएको हो ।
बाढीबाट क्षति पुगेको घरधुरीलाई मध्यविन्दु २ को वडा कार्यालयसँग समन्वय गरि सामग्री वितरण गरिएको असल छिमेकी नेपाल कास्कीका कार्यक्रम अधिकृत पुरन सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर ६ किलो सुवर्ण मकै र ४० किलो जैविक मल वितरण गरिएको हो । संस्थाले ३ लाख ७२ हजार रुपैयाँको मकैको बीउ र २ लाख रुपैयाँको जैविक मल गरि ५ लाख ७२ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
मध्यविन्दु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारीको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका संयोजक लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।