आज:  २०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024 Search
FLASH NEWS

देवचुली १६ का ४६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित २०८१ पौष ११, बिहिबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १६ बेलस्वाराका ४६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोग र देवचुली नगरपालिका वडा नम्बर १६ को समन्वयमा श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।

देवचुली नगरपालिकामा संचालित आयआर्जन कार्यक्रम अन्तर्गतबात खुसी खुसी बिधालयमा बालबालिका पुर्याउने अभियान अन्तर्गत यो शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।
सो विद्यालयमा अध्ययनरत ४६ जना छात्रछात्रालाई झोला, स्विटर, टोपी, कपि, पेन्सिल, वितरण गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालले किशोरकिशोरी र आयआर्जनको क्षेत्रमा काम गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नगरले पनि बालबालिकाको लागि चौतर्फी बिकासमा सहयोग पुर्याउन विभिन्न योजना निर्माण गरिएको प्रमुख अतिथी देवचुली नगरपालिका नगर प्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।शैक्षिक सामाग्री वितरण कार्यक्रम बोल्दै नगर उप प्रमुख पार्वता तिवारीले सस्थाले गरेको राम्रो काममा बधाई दिदै समग्र बालबालिकाको लागि निरन्तर रूपमा लागिरहने बताउनुभयो । बालबालिकाको लागि स्थानीय सरकारसँगै अन्य सरोकारवालाले ध्यान दिनु आवश्यकता रहेको बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका जनप्रतिनिधिहरु, अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment