आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

देवचुली ९ मा ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता सुरु

    प्रकाशित २०८१ पौष १०, बुधबार (३ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुधबार देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाले समुदघाटन गर्नुभएको हो ।

पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा तथा देवचुली नगरपालिका वडा नम्बर ९ र देवचुकी नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहकार्य समन्वयमा घुमाउरी खेल मैदानमा प्रतियोगिता सुरु भएको प्रतियोगितामा बुधबार महिला तर्फ भएका खेलमा मध्यबिन्दु, पृथ्वी मावि र हिमावरी ले खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । तीनवटै टिमले आयोजकका तीनवटा टिमलाई नै हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।


पुरुष तथा महिला तर्फ नवलपुर जिल्लाका विभिन्न वडाका खेलाडीबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आले मगरले जानकारी दिनुभयो । प्रतियोगितामा बिहीबार महिला तथा पुरुष तर्फ पहिलो चरणको खेल हुने आयोजकले जनाएको छ ।


खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आले मगरको अध्यक्षतामा भएको प्रतियोगिताको उदघाटनमा देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुन, देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा, देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाट, कार्यपालिका सदस्य जयबहादुर बिक, वडा सदस्यहरु, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगर, टोल विकास संस्था, आमा समुहका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

उदघाटन सत्रमा खेलकुद विकास समिति देवचुली ९ का सदस्य उमापति पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण अर्जुन सोती मगरले गर्नुभएको थियो ।

 

Write your Comment