आज:  २०८१ पौष १०, बुधबार | Wed, 25, Dec, 2024 Search
FLASH NEWS

सातौं नगर स्तरीय फुटबल प्रतियोगिता : मंगलबार कावासोती १ र कावासोती ५ विजयी

    प्रकाशित २०८१ पौष ९, मंगलबार (१ दिन अघि)


नवलपुर । कावासोती नगरपालिकाको वडा नम्बर १ मा संचालित सातौं कावासोती नगर स्तरीय फुटबल प्रतियोगितामा मंगलबार कावासोती १ र कावासोती ५ विजयी भएका छन् । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं नव छहारी सङ्गम युवा क्लवको समन्वयमा संचालित प्रतियोगिता अन्तरगत मंगलबारको भएको पहिलो खेलमा कावासोती ५ विजयी भएको हो ।

कावासोती ५ ले कावासोती ३ लाई १-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा कावासोती ५ का प्रेम रिमाल म्यान अफ दि म्याच भएका थिए । त्यसैगरी मंगलबार नै भएको कावासोती १ र कावासोती ११ बिचको खेलमा कावासोती १ विजयी भएको छ । कावासोती १ ले कावासोती ११ लाई ४-२ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कावासोती १ का नवीन गाहा मगर म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा बुधबार पहिलो खेल कावासोती १६ का विरुद्ध कावासोती १७ र दोस्रो खेल कावासोती ८ का विरुद्ध कावासोती १४ बीच हुने आयोजकले जनाएको छ ।

कावासोती नगरपालिकाका १७ वडाबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने वडाले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने वडाले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमले १०/१० हजार रुपैयाँ पाउनेछन् । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सवोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।

Write your Comment