आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024 Search
FLASH NEWS

कावासोती नगरमा बालमैत्री अभियान वडा वडामा केन्द्रित गरिँदै

    प्रकाशित २०८१ पौष ७, आईतबार (१५ घण्टा अघि)


कावासोती । कावासोती नगरपालिकामा बालमैत्री स्थानीय शासनको अभियान वडा वडामा केन्द्रीत गरि संचालित गरिने भएको छ। कावासोती नगरको कार्यपालिका बैठक अनुसार पहिलो चरणमा ३,४, १२ र १६ लाई घोषणा गर्ने गरि निर्णय भएकाले वडा वडामा अभियान सुरु गरिएको बालमैत्री फोकल पर्सन रिता रिजालले बताउनुभयो ।


छनौट भएका कावासोतीका वडा नम्बर ३, ४, १२ र १६ का जनप्रतिनिधिहरु र बालमैत्री स्थानीय शासनको वडा स्तरीय समितिलाई अभिमुखिकरण गरि ५१ सूचकमा वडाको अवस्थाको बारेमा जानकारी दिन सुरु गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताउनुभयो ।
सुचकको अवस्था अनुसार चरणबद्ध रूपमा वडामा केन्द्रीत हुने र अभियानलाई अगाडी लैजाने गरिको योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

आजको अभिमुखिकरणमा बालबालिकामा किन लगानी आवश्यक छ, वडाहरुमा बालमैत्रीको सुचकहरुको अवस्था र अब गर्नुपर्ने कार्यहरुको बारेमा बालमैत्री अभियन्ता दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिकामा लगानी गर्दा हुन सक्ने फाईदा र यसको दिगोपनको लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा नगर प्रमुख बिष्णु प्रसाद भुसालले बालबालिकाको लागि नगरपालिका अभिभावक रहेकोले बालबालिकाको लागि हरेक हिसाबले काम गर्न तयार रहेको र बालबालिकाको शिक्षा, स्वास्थ्यमा निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रमको समापनको अवसरमा नगर उप प्रमुख फुलकुमारी थनेतले बालबालिकाहरुमा अधिकार र कर्तव्यसँगै सिकाउन आवश्यक रहेकोले बालमैत्री अभियानले यसको नेतृत्व लिन सम्पुर्ण सरोकारवालालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडाबाट जनप्रतिनिधि, विद्यालय, स्वास्थ्य, बालक्लब र वडास्तरीय समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Write your Comment