कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
कावासोती–१६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री मध्यविन्दु १ बस्ने वर्ष ३८ कि मिना सुनारलाई ठक्कर दिएको हो ।
उनको कम्मरमा चोट लागेको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।