आज:  २०८१ मंसिर २७, बिहिबार | Thu, 12, Dec, 2024 Search
FLASH NEWS

पशुपति वैदिक आश्रममा मंसिर २४ गतेदेखि वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल महायज्ञ हुने

    प्रकाशित २०८१ मंसिर २३, आईतबार (३ दिन अघि)


देवचुली । देवचुली १५ मा रहेको पशुपति वैदिक आश्रममा तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञ हुने भएको छ । पशुपति संस्कृत साङ्गवेद माविको प्राङ्गण, शिवालय मन्दिरमा मंसिर २४ देखि ३० गतेसम्म तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं सतचण्डी धनधान्यचल ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

पशुपति संस्कृत साङ्गवेदमा पढ्ने विद्यार्थी बटुकको शिक्षा–दिक्षा, भोजन, आवास व्यवस्थापनका साथै मठ, मन्दिर, गौशाला लगायत पञ्चशाला मर्मत–सम्भार, संरक्षण, संवर्द्धन, सनातन हिन्दु धर्मको जगेर्ना, धर्मप्रतिको जागरणका लागि यहाँ वर्षेनी महायज्ञ भइरहेको आइतबार भएको पत्रकार सम्मेलन जानकारी दिईएको हो ।

वार्षिक रुपमा गरिने कार्यक्रम अन्तरगत सोमबारबाट जगदगुरु शंकराचार्य महामण्डलेश्वर, पिठाधीशहरु, सन्त महात्मा एवं विशिष्ट विद्धतवर्गको अमृतमय प्रवचन हुने पशुपति वैदिक आश्रमका संरक्षक एवम् अध्यक्ष सहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिनुभयो । आश्रमले गर्न लागेको तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलनमा देशका विभिन्न स्थानबाट विद्वान धर्मगुरुहरु आई प्रवचन गर्ने र यसको निरन्तरताका लागि सबैको साथ र सहयोग आवश्यक रहेको पिठाधिश्वर श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीज्यू महाराजले बताउनुभयो ।

मंसिर २४ गतेबाट शोभायात्रा, दैनिक पूजा अर्चना, शतचण्डी पाठपारायण एवम् हवन, सन्त प्रवर्चन, तुलादान, हुने र मंसिर ३० गते लक्षवर्ती दीप प्रज्वलन गरिने यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ पौडेलले जानकारी दिनुभयो ।

यज्ञ सम्पादन मुल समितिक संयोजक उद्योगबहादुर श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यज्ञ सम्पादन मूल समितिका सदस्य, विभिन्न उप समितिका संयोजक लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment