आज:  २०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024 Search
FLASH NEWS

अमर सामुदायिक वन उपभोक्ता समुहको नवनिर्वाचित कार्यसमितिको घोषणा तथा सपथ ग्रहण सम्पन्न

    प्रकाशित २०८१ मंसिर १९, बुधबार (१७ घण्टा अघि)


देवचुली । अमर सामुदायिक वनको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । अमर सामुदायिक वन उपभोक्ता समूहको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट यमबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरिएको हो ।

निर्वाचन समितिका संयोजक प्रदिपराज घिमिरेको अध्यक्षतामा बुधबार भएको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेपाली काँग्रेस देवचुलीका सभापति डिल्लीराम कडेरिया, नेकपा एमाले देवचुलीका अध्यक्ष भिमलाल तिवारी, देवचुली २ का वडा अध्यक्ष शरद घिमिरे, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, कार्यपालिका सदस्यहरु फुलमाया बिक, गोमा पौडेल , वडा सदस्यहरु, पुर्व अध्यक्षहरु, पुर्व समितिका पदाधिकारीहरु लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

अमर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा यमबहादुर क्षेत्री, उपाध्यक्षमा लोकनाथ वाग्ले, सचिवमा कृष्ण भट्टराई, कोषाध्यक्षमा देवी अर्जेल, सहसचिवमा हरिबहादुर सुयल, सदस्यहरुमा वालमाया तारुङ्ग, चित्रप्रसाद पराजुली, सीता घिमिरे वाग्ले, राम शर्मा, इन्दिरा वाग्ले र रामप्रसाद वाग्लेलाई सर्वसम्मत चयन गरिएको हो । त्यसै गरि लेखा सदस्यहरुमा शेरबहादुर पौडेल, रामजी खनाल र धनकुमारी आचार्य समेत सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन संयोजक प्रदीपराज घिमिरेले सपथ गराउनुभएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्तकेशव अधिकारी, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, नेपाली काँग्रेस देवचुलीका सभापति डिल्लीराम कडेरिया, नेकपा एमाले देवचुलीका अध्यक्ष भिमलाल तिवारी, वन समितिका संस्थापक अध्यक्ष तिलप्रसाद पाठक र समाजसेवी लोकप्रसाद भुर्तेलले नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचन समिति सदस्य गोविन्द तिवारीले स्वागत गरेको कार्यक्रममा निर्वाचन समिति सदस्य दुर्गादेवी बिष्टले सहजीकरण गर्नुभएको थियो ।

 

Write your Comment