आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

मध्यविन्दुमा गर्भवती र सुत्केरी महिलाहरुलाई क्याल्सियम चक्की नि: शुल्क वितरण

    प्रकाशित २०८१ मंसिर ५, बुधबार (१९ घण्टा अघि)


मध्यविन्दु । पूर्वी नवलपुरको मध्यविन्दु नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुलाई क्याल्सियम चक्की नि:शुल्क वितरण कार्य सुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाको नगरपालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण सुरु गरेको हो ।

नगर उप प्रमुख पुणकला चौधरीले गर्ववती र सुत्केरी महिलाहरुलाई क्याल्सियम चक्की दिर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्नुहुँदै चौधरीले स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफै किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की उपलव्ध गराउन सुरु गरेको बताउनुभयो । नगरपालिकाको सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिनका लागि निःशुल्क क्याल्सियम चक्की वितरण सुरु उल्लेख गर्दै सबैले सहि तरिकारले चक्कीको प्रयोग गर्न अनुरोध गर्नु भएको थियो ।

क्याल्सियम चक्की नगर भित्रकाका १६ वटै स्वास्थ्य चौकी मार्फत बितरणको व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर भुसालले बताउनु भयो। उहाँका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ ।

शुभारम्भ कार्यक्रममा कार्यपालिका सदस्य शिवकुमारी मल्ल, स्वास्थ्य शाखाका माधव पोख्ररेल, नगर अस्पताल प्रमुख अमरेश चन्द्र शाह,पालिका भित्रका स्वास्थ्य केन्द्रका प्रमुख , विभिन्न संघ संस्थाका प्रतिनिधी , स्वयमसेविका लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment