काठमाण्डौं । सरकारले आज दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा बिजुली जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्देशन दिएको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुल नतिरेका उद्योगीहरूसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’सम्बन्धी विवाद समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।
उक्त आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।