आज:  २०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024 Search
FLASH NEWS

छैठौं विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भीमसेन प्रथम

    प्रकाशित २०८१ कार्तिक १५, बिहिबार (५ घण्टा अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित छैठौं विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। देवचुली नगरपालिकाको आयोजना, भीमसेन आदर्श माध्यमिक विद्यालयको संयोजन र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा संचालित प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १८ कास्य पदक सहित भीमसेन आदर्श माध्यमिक विद्यालय नगरमा प्रथम भएको हो ।


प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित नेपाल माध्यमिक विद्यालय द्वितीय भएको छ भने ९ स्वर्ण,६ रजत र २ कास्य सहित पृथ्वी माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ । त्यसै गरि ७ स्वर्ण,५ रजत र ६ कास्य सहित वरचुली माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ। नगरमा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुलाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

देवचुली नगरपालिकामा रहेका १४ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा देवचुली माध्यमिक विद्यालयले ६ स्वर्ण, १२ रजत र ५ कास्य पदक, सकलादेवी माध्यमिक विद्यालयले ६ स्वर्ण, ९ रजत र ७ कास्य पदक, विश्वज्योति माध्यमिक विद्यालयले १ स्वर्ण र ३ कास्य पदक, जनज्योति नमूना माध्यमिक विद्यालयले १ स्वर्ण र २ कास्य पदक, कुमारवर्ती इङलिस बोर्डिङ स्कुलले १ स्वर्ण र १ कास्य पदक, जन ज्योति माध्यमिक विद्यालयले ४ रजत र १० कास्य पदक, दिव्य एकेडेमीले १ रजत र ६ कास्य, अमर इङलिस बोडिङ स्कुलले १ रजत र १ कास्य पदक, कालिका माध्यमिक विद्यालयले ४ कास्य पदक, दिव्यज्योती आधारभूत विद्यालयले १ कास्य पदक प्राप्त गरेका छन् ।


त्यसै गरि मार्च पासमा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम, कुमारवर्ती इङलिस बोर्डिङ स्कुल र वाइज भिजन बोर्डिङ स्कुल द्वितीय र वरचुली माध्यमिक विद्यालय र देवचुली माध्यमिक विद्यालय तृतीय भएका छन् । भलिबल तर्फ सर्वोकृष्ट छात्रा पृथ्वी माविकी अनुजा सारु र छात्रतर्फ देवचुली माध्यमिक विद्यालयका आकाश पाटा भएका छन् भने कबड्डीतर्फ सर्वोकृष्ट छात्रा देवचुली माध्यमिक विद्यालयकी साधना भट्ट र छात्रतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका आकाश थापा भएका छन् ।

भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेको अध्यक्षता भएको पुरस्कार वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कार्तिक १२ गतेदेखि १४ गतेसम्म संचालित प्रतियोगिताको पुरस्कार बुधबार वितरण गरिएको हो । कार्यक्रममा पदक जित्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

Write your Comment