आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

घन्टी बजाएसँगै पक्राउ परे रवि लामिछाने, आजै पोखरा लगिदै

    प्रकाशित २०८१ कार्तिक २, शुक्रबार (४ घण्टा अघि)


काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्नुअघि उनले पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनी सरकारमाथि खनिएका थिए । साथै, आफू अभिमन्यु नभएको भनदै यो चक्रव्यूहबाट निस्किनेसमेत दाबी गरेका थिए ।

पक्राउ पर्ने निश्चित भएपछि उनले पार्टीको चुनाव चिह्नसमेत रहेको घण्टी बजाएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी भ्यानमा राखेको हो । लामिछानेविरुद्ध आजै जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा मुछिएका लामिछानेविरुद्ध कास्की प्रहरीको उजुरी परेको छ । अदालतबाट पक्राउको अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउका लागि सीआईबीलगायत प्रहरी निकायलाई पत्राचार गरी पक्राउमा सहयोग गर्न अनुरोध गरेको थियो । आजै जिल्ला अदालतले यो सहकारी ठगी प्रकरणमा लामिछानेका व्यावसायिक साझेदार जीबी राईका दुई जना दाइसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनलाई आजै प्रहरी भ्यानमा पोखरा लगीदै छ ।

Write your Comment