आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिता : बिहीबार बिहानी स्टार कावासोती विजयी

    प्रकाशित २०८१ कार्तिक २, शुक्रबार (६ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा बिहीबार बिहानी स्टार कावासोती विजयी भएको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा बिहानी स्टार कावासोती १६ का विरुद्ध आयोजक ( बी ) बीच भएको खेलमा बिहानी स्टार विजयी भएको हो ।

बिहानी स्टारले आयोजक (बी) लाई ट्राइबेकरमा ४-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । बिहीबारको खेलमा बिहीनी स्टारका पवन परियार म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।

प्रतियोगिता अन्तरगत शुक्रबार लक्ष्मीपुर फुटबल क्लबका विरुद्ध साथीभाइ फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रयोजक गोल्डेन इमिनेण्ट इन्टरनेशनल प्रालि रहेको छ ।

Write your Comment