आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिता : साविक पिठौलीको विजयी सुरुवात

    प्रकाशित २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा बुधबार साविक पिठौली विजयी भएको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा साविक पिठौलीका विरुद्ध आर्यन एण्ड आरोसी सुनचाँदी पसल रजहरबीच भएको उदघाटन खेलमा साविक पिठौली विजयी भएको हो ।


साविक पिठौलीले आर्यन एण्ड आरोसी सुनचाँदी पसललाई २-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । साविक पिठौलीका सकिन गुरुङले २ गोल गर्दै टिमलाई विजयी गराएका थिए । बुधबारको खेलमा साविक पिठौलीका सकिन गुरुङ म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिताको मुख्य प्रयोजक गोल्डेन इमिनेण्ट इन्टरनेशनल प्रालि रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।

प्रतियोगिताको देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकको अध्यक्षतामा भएको उदघाटन समारोहमा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, सचिव इन्द्रमणी भुसाल, देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्म बसेल, जन प्रतिनिधिहरु, प्रगतिकला मन्दिर युवा क्लबका वरिष्ठ उपाध्यक्ष ठाकुर न्यौपाने, देवचुली दलित युवा समाजका सल्लाहकार, पदाधिकारी तथा सदस्य लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment