आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा आजबाट प्रथम देवचुली खुला फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८१ आश्विन ३०, बुधबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा प्रथम देवचुली खुला फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदान बुधबारबाट खेल संचालन गर्न लागिएको हो । प्रतियोगिताको उदघाटन खेल साविक पिठौलीका विरुद्ध आरोसी सुनचाँदी पसल रजहरबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रयोजक गोल्डेन इमिनेण्ट इन्टरनेशनल प्रालि रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।

Write your Comment