आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

पूर्वराजा शाहको दसैं शुभकामना: बाह्य दवाव र दुष्प्रभाव नबढोस्, खुसी हुन दसैं कुर्नु नपरोस्

    प्रकाशित २०८१ आश्विन २३, बुधबार (१ महिना अघि)


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै खुसी हुनका लागि दसैं कुर्नु नपरोस् भनी कामना गरेका छन्।

शाहले बिहीबार एक वक्तव्य जारी गर्दै दसैंको शुभकामना दिएका हुन्। साथै, उनले बाह्रय शक्तिराष्ट्रहरूको दवाव र दुष्प्रभाव नपरी नेपालीहरू दसैंमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सृजना होस् भनी कामनासमेत रहेका छन्।

जनताको जीवनमा सकारात्मक परिवर्त ल्याउनका लागि आफूहरूले दरबार छाडेको तर, अहिले त्यसो नभएको उनको भनाई छ। ‘खुसी हुन र रमाउन दसैं नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भने,’जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो वेचैनी बढाएको छ।’

पूरा शुभकामना:

Write your Comment