आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

साविक पिठौली चौथो फुटबल प्रतियोगिता: खुला समुहमा प्रगतिशिल र भेट्रान्समा डायमण्ड फाइनल प्रवेश

    प्रकाशित २०८१ आश्विन २२, मंगलबार (१ हफ्ता अघि)


देवचुली । कावासोती १२ मा संचालित साविक पिठौली चौथो फुटबल प्रतियोगितामा मंगलबारका खेलबाट खुला समुहमा प्रगतिशिल युवा क्लब र भेट्रान्समा डायमण्ड युथ सोसाइटी फाइनल प्रवेश गरेको छ । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पिठौली चौर युवा समितिको आयोजना र कावासोती १२ को सहयोगमा असोज १७ गतेदेखि २४ गतेसम्म साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा खुल्ला र ३५ वर्ष माथिका उमेर समुह ( भेट्रान्स) गरि खेल संचालन सुरु गरिएको हो ।


प्रतियोगितामा खुला समूह अन्तरगत प्रगतिशिल युवा क्लब ( ए) ले पिठौली चौर युवा समिति (ए) लाई हराउँदै फाइनल प्रवेश गरेको हो । प्रगतिशिलले पिठौलीलाई ६-० गोल अन्तरले हराएको हो । खेलमा प्रगतिशिल युवा क्लबका मिसन बोहरा म्यान अफ दि म्याच भएका थिए ।

सोमबार भेट्रान्सतर्फ भएको खेलमा डायमण्ड युथ सोसाइटीले कुढौलीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । डायमण्डले कुढौलीलाई २-० गोल अन्तरले हराएको हो । दोस्रो खेलमा डायमण्ड युथ सोसाइटीका केवल चौधरी म्यान अफ दि म्याच भएका थिए ।


साविक पिठौली गाविस हाल कावासोती ११,१२ र १३ भित्र बसोबास गर्ने खेलाडीहरु मात्र सहभागी हुन पाउन प्रतियोगितामा खुला उमेर समुहमा ९ टिम र ३५ वर्ष माथिका उमेर समुहको ७ टिमको सहभागिता रहेको छ । खुल्ला उमेर समुहमा बिजेता टिमले नगद १७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद १२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । ३५ वर्ष माथिका उमेर समुहमा बिजेता टिमले नगद १३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा बुधबार खुला उमेर समूह अन्तरगत डायमण्ड युथ सोसाइटी ( ए) का विरुद्ध नवरङ्गी युवा क्लब ( बी ) बीच दोस्रो सेमिफाइनल र भेट्रान्स तर्फ प्रगतिशिल युवा क्लबका विरुद्ध रुदौलीबिच सेमिफाइनलको खेल हुने आयोजक क्लबका अध्यक्ष सागर गुरुङले जानकारी दिए ।

Write your Comment