आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

दिव्यपुरी खानेपानीको प्राप्ति तथा भुक्तानी खर्च २ करोड ९ लाख बढि

    प्रकाशित २०८१ आश्विन १९, शनिबार (१२ घण्टा अघि)


विवेक भण्डारी । दिव्यपुरी खानपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १६ औँ साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाको साधारण सभामा सम्पन्न गरेको हो । संस्थाले २ करोड ९ लाख ४० हजारको खर्च विवरण पेश गरेको छ । संस्थाले २०८०/०८१ मा मात्र ४३ लाख ३७ हजार २ सय ८२ आम्दानी गरेको जनाएको छ ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामचन्द्र काफ्लेको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले खानेपानी जनजनको दैनिक उपभोग्य पदार्थ रहेको भन्दै यसको सुरक्षित प्रयोग र स्वच्छ खानेपानी प्रकृयामा खानेपानी विभाग लागेको बताउनुभयो ।खानेपानीको चुहावट कम र भविष्यमा आउने खानेपानी अभावका लागि विभागले खानेपानी मातहतका संस्थाहरुमा चेतना तथा भविष्यका लागि खानेपानी संकलन योजना र उपायका विषयमा गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुकुन्द शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँका डिभिजन प्रमुख शम्भुराज खनाल,संघिय खानेपानी आयोजना प्रमुख शेखर चन्द्र के.सी लगायतको उपस्थीत रहेको थियो ।

कार्यक्रममा बोल्दै अधिकाशंले खानेपानी आयोजनाको उचित व्यवस्थापन र भविष्यमा हुने खानेपानी संकटको विषयमा विशेष भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । तिलप्रसाद पाठकको अध्यक्षता रहेको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव गोपालराज शर्मा लम्सालले गर्नुभएको थियो ।

Write your Comment