आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : शुक्रबार बेलुवा, प्रगतिकला र बाल स्टार विजयी

    प्रकाशित २०८१ आश्विन १९, शनिबार (२० घण्टा अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार बेलुवा फुटबल क्लब, प्रगतिकला मन्दिर युवा क्लब (ए) र बाल स्टार हसौरा विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा बेलुवा फुटबल क्लबका विरुद्ध स्याउली फुटबल क्लबबिच भएको पहिलो खेलमा बेलुवा फुटबल क्लब विजयी भएको हो ।


बेलुवा फुटबल क्लबले स्याउली फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै तेस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा बेलुवा फुटबल क्लबका हिमाल मगर म्यान अफ दि म्याच भएका थिए ।

शुक्रबार भएको दोस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) भएको छ । भगवती एकता युवा क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब (ए) बिच भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) विजयी भएको हो । प्रगतिकला मन्दिर युवा क्लब (ए)ले भगवती एकता युवा क्लबलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै तेस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) का सुशील बिक म्यान अफ दि म्याच भएका थिए ।

शुक्रबार नै भएको तेस्रो खेलमा बाल स्टार हसौरा विजयी भएको छ । बाल स्टार हसौराले योङ्ग ब्वाइज चितवनलाई ५-१ गोल अन्तरले हराउँदै तेस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा बाल स्टार हसौराका संजित गुरुङ म्यान अफ दि म्याच भएका थिए ।


३० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा शनिबार बिहान अभिषेक चर्च रजहरका विरुद्ध योङ स्टार कावासोती, दिउँसोबाट देवप्रगती युवा समाजका विरुद्ध कुजौली फुटबल क्लब, देवचुली युथ सेभेन्टीनका विरुद्ध देवचुली लेजेण्ट, नेपाल कँराते महासंघ देवचुलीका विरुद्ध साथीभाई फुटबल क्लब र प्रगतिकला मन्दिर युवा क्लब (बी) विरुद्ध फाराम खेलकुद विकास समितिबिच खेल हुने आयोजकले जनाएको छ । शनिबार बिहानको खेल ७: ३० बजे र दिउँसोको खेल १ बजेबाट नै संचालन गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।

Write your Comment