आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

कावासोतीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

    प्रकाशित २०८१ आश्विन १८, शुक्रबार (१ दिन अघि)


कावासोती । नवलपुरको कावासोती – १ छहारीचोकमा स्कुल बसले ठक्कर दिई एक बालकको मृत्यु भएको छ । कोइलापानीबाट फलफुलचोकतर्फ आउँदै गरेको ना १ क ५८१७ नम्बरको गण्डकी बोर्डिङ स्कुलको बसले सडकमा खेल्दै गरेका २२ महिनाका सम्राट पौडेललाई ठक्कर दिँदा उनले मृत्यु भएको हो ।

सम्राटलाई नवलपुर अस्पताल कावासोतीमा उपचारका लगिएको र उपचारको क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले बस र बस चालक शिव प्रसाद च्वाइलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

Write your Comment