आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : बिहीबार आयोजक, कराँते महासंघ र अभिषेक चर्च विजयी

    प्रकाशित २०८१ आश्विन १७, बिहिबार (२ दिन अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक (बी), नेपाल कराँते महासंघ देवचुली र अभिषेक चर्च रजहर विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा आयोजक देवप्रगति युवा समाज (बी) का विरुद्ध देवचुली ११ बिच भएको पहिलो खेलमा आयोजक (बी) विजयी भएको हो ।


आयोजक (बी) ले देवचुली ११ लाई ट्राइबेकरमा २-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा आयोजक (बी) का पुरुषोत्तम अर्याल म्यान अफ दि म्याच भएका थिए ।

बिहीबार भएको दोस्रो खेलमा नेपाल कराँते महासंघ देवचुली भएको छ । शान्तिदिप युवा क्लबका विरुद्ध नेपाल कराँते महासंघ देवचुली बिच भएको खेलमा नेपाल कराँते महासंघ देवचुली विजयी भएको हो । नेपाल कराँते महासंघ देवचुलीले शान्ति दिप युवा क्लबलाई ट्राइबेकरमा ६-५ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा नेपाल कराँते महासंघ देवचुलीका भरत बाह्रघरे म्यान अफ दि म्याच भएका थिए ।

बिहीबार नै भएको तेस्रो खेलमा अभिषेक चर्च विजयी भएको छ । अभिषेक चर्च रजहरले पृथ्वी समाज सेवा क्लबलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा अभिषेक चर्चका अभिषेक महतो म्यान अफ दि म्याच भएका थिए ।


३० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा शुक्रबार बेलुवा फुटबल क्लबका विरुद्ध स्याउली फुटबल क्लब, प्रगतिकला मन्दिर युवा क्लब (बी) विरुद्ध फाराम खेलकुद विकास समिति, योङ्ग ब्वाइज चितवनका विरुद्ध बाल स्टार हसौरा र भगवती एकता युवा क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब (ए) बिच खेल हुने आयोजकले जनाएको छ । शुक्रबार दिउँसो २ बजेबाट नै खेल संचालन गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।

Write your Comment