आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा बजार अनुगमन

    प्रकाशित २०८१ आश्विन १५, मंगलबार (४ दिन अघि)


देवचुली । देवचुली नगरपालिकाले नेपालीहरुको महान पर्व दसैं लगायतका चाड नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ । नगरपालिकाले सोमबार र मंगलबार दुई दिनसम्म नगरपालिकाका विभिन्न स्थानका १८ वटा पसलहरुको अनुगमन गरेको हो ।


देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाका अनुसार सोमबार देवचुली १६ र १७ का पसलहरु र मंगलबार देवचुली ७, ९, १० र १५ का पसलहरुमा अनुगमन गरिएको हो । देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा, स्वास्थ्य शाखाका पिताम्बर भुर्तेल, राजस्व शाखाका कृष्ण लामिछाने, सम्बन्धित वडाका जनप्रतिनिधि, देवचुली उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण पौडेल, महासचिव विनोद सिलवाल, प्रहरी र संचारकर्मीहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले खाद्यान्नको खुद्रा तथा डिलर, दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण गर्ने खाद्यान्नलगायतका पसलहरुको अनुगमन गरिएको आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताउनुभयो । उहाँका अनुसार चाडपर्वको समयमा उपभोक्ताहरुलाई ठगिनबाट जोगाउन र अखाद्य तथा म्याद गुज्रिएका सामग्रीहरुको खरिद बिक्री रोक्नका अनुगमन गरिएको हो । टोलीले अनुगमका क्रममा म्याद गुज्रिएका सामग्रीहरु फेला पारी जफत गरिएको जनाएको छ । कतिपय पसलहरुमा मूल्य सुची नभएको, व्यवसाय नवीकरण नभएकोले सम्बन्धित पसलहरुलाई नगरपालिकाले सचेत गराएको छ।


देवचुली नगरपालिकाले व्यापारीलाई म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र सामग्री खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

Write your Comment