आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

बिपतको बेला कता हराउछन लाखौं सदस्य भएका दलका कार्यकर्ताहरु

    प्रकाशित २०८१ आश्विन १५, मंगलबार (२ हफ्ता अघि)


नवलपुर । आफ्नो राजनीतिक अभिस्ट पुरा गर्न हजारौ देखी लाखौं कार्यकर्ता जम्मा गरेर आमसभा देखी बिभिन्न र्‍याली गर्ने दलहरु देशमा बिपत पर्दा किन सडकमा वा सेवामा उपस्थित हुन सक्दैनन् होला ? गत ११ र १२ गते दुई दिन परेको अविरल वर्षापछि विभिन्न जिल्लामा गएको बाढी–पहिरोमा परेर अहिलेसम्म २१७ जनाको मृत्यु भइसकेको छ भने २८ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार १४३ जना घाइते भएका छन् भने ४ हजार ३३० भन्दा बढीको उद्धार गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देसभर मनसुन सकृया रहने र भारी बर्षा हुने जानकारी निकै पहिलेदेखी दिएकै थियो तर पनि राज्य तथा त्यसका निकायहरु निकै मदमस्तक भएर आरोप प्रत्यारोपमै ब्यस्त देखिन्थे । देशमा ३ तहको सरकार छ तर आजका दिनसम्म पनि अधिकांस बाढी पहिरो पीडितले राहत र सहयोगको अनुभुती गर्नसकेका छैनन् ।
राज्य सत्ता आफ्नो हातमा पार्न होस् या भोटको राजनीति गर्न होस् बिभिन्न कार्यक्रमको आयोजना गर्दै लाखौं कार्यकर्ता सडकमा उतार्दै शक्ती प्रदशन गरेका दलहरु राहत र सहयोग गर्नेबेलामा समेत एकले अर्कोलाई आरोप लगाउदैमा समय ब्यतित गरिरहेका छन् । सयौको संख्यामा यात्रुहरु अझै अलपत्र छन, सयौ जनता घरबार बिहिन भएका छन् भने केही अझै बेपत्ता छन् ।

सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरूका देशभर विद्यार्थी, युवादेखि विभिन्न जनवर्गीय संगठनहरू छन् । तर, उनीहरूले बाढी–पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाे तीन दिन भइसक्दा पनि अवरुद्ध सडक खुलाउन भ्रातृ संगठनहरूलाई परिचालन गरिसकेका छैनन् ।

यद्यपि, सत्ता साझेदार दल नेपाली कांगेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिलाई राहत तथा उद्धारमा खट्न निर्णय र निर्देश दिएका त छन् तर पार्टीका नेताले केन्द्रिय स्तरमा निर्णय र निर्देशन दिएपनी फिल्डमा सहयोग र उद्दारको लागि कार्यकर्ताहरु देखिदैनन ।

यस्तै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विपदबारे छलफल गर्न सोमबारसम्म पनि पार्टीको औपचारिक बैठक बोलाएको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली मुलुकबाहिर रहेका कारण एमालेले औपचारिक रुपमा पार्टीको बैठक बोलाउन ढिलाइ गरेको अनुमान गरिएको छ ।

यद्यपि, एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्तिमार्फत् पार्टीका विभिन्न तहका कमिटीहरूलाई निर्धारित कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका थिए ।

प्रतिपक्षमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएर सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष भने निकाल्यो । चमतीस्थित पार्टी कार्यालयमा बैठकले सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा विपत्तिको सामना गर्न चुकेको दाबी गर्‍याे । उसै पार्टी (रास्वपा) ले गत वर्ष नै उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्‍यापिड एक्सस टीम, आरएटी) गठन गरेको थियो । तर, पुराना दलहरूका भ्रातृ संठनहरू जस्तै उसको ‘द्रुत कार्यटोली’ पनि राहत तथा उद्धारमा कतै देखा परेको छैन ।

बाढी–पहिरोले अवरुद्ध सडक खुलाउन र घाइते तथा बेपत्ताहरुको खोजिमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी संघर्षरत रहँदा १०औँ लाख सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपद्का बेला राहत तथा उद्धार कार्यमा चुकेका छन् ।

बाढी–पहिरोले अवरुद्ध सडक खुलाउन र घाइते तथा बेपत्ताहरुको खोजिमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी संघर्षरत रहँदा १०औँ लाख सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपद्का बेला राहत तथा उद्धार कार्यमा चुकेका छन् ।

भाषण र आश्वासनमा टिकेर राजनीति गर्न तम्सिने दल तथा कार्यकर्ता आफुहरु कुनै पनिबेला देश र जनताको खातिर जिएको र अब्बल भएको दाबी गर्दैगर्दा यस्ताखाले प्राकृतिक प्रकोपको बेला गुमनाम रहने गरेका छन् । सायदै जनताको भावना र चोटमा मलम लगाउने बेलामा दलहरु आफ्नो अभिस्ट र स्वार्थ पुरा नहुने देखिएपछी कुनै किसिमको सहयोग तथा राहतमा जुट्दैनन भन्ने एक भास्य बनेको छ र देखिन्छ पनि त्यस्तै ।

प्रहरीले अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिरहेको छ ।

Write your Comment