आज:  २०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024 Search
FLASH NEWS

चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता : शुक्रबार राप्ती नगरपालिका विजयी

    प्रकाशित २०८१ आश्विन ४, शुक्रबार (१४ घण्टा अघि)


देवचुली । कावासोती १२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता शुक्रबार राप्ती नगरपालिका विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा शुक्रबार राप्ती नगरपालिकाका विरुद्ध अरुणोदय सामुदायिक प्रतिष्ठान मध्यबिन्दुबिच भएको खेलमा राप्ती नगरपालिका विजयी भएको हो ।

राप्ती नगरपालिकाले अरुणोदय सामुदायिक प्रतिष्ठानलाई १०-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबारको खेलमा राप्ती नगरपालिकाका झरना राई म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर र चितवनबाट ६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने दुई टिमले १०/१० हजार रुपैयाँ पाउने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत शनिबार जगतपुर फुटबल क्लबका विरुद्ध चितवन रोड्स रामपुरबिच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment