आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा सचेतनामुलक र्‍याली

    प्रकाशित २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)


देवचुली । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा सचेतनामुलक र्‍याली निकालिएको छ । जागृति बाल क्लब नेपालको आयोजना, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोग र देवचुली १० साथै पृथ्वी मा वि को समन्वयमा सचेतनामुलक र्‍याली गरिएको हो । पृथ्वी माध्यमिक विद्यालयबाट शुरु गरि प्रगतिनगर चोक देखि उत्तर डिला भुसालको घर हुँदै किशोरी भवनसम्म पुगी अन्तरक्रिया गर्दै सम्पन्न भएको थियो ।

जागृति बाल क्लब नेपालका अध्यक्ष प्रितम कार्कीको अध्यक्षता भएको र्‍याली पश्चात् भएको अन्तरक्रिया कार्यक्रममा पृथ्वी माविका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती मगर , जागृती बाल तथा युवा सरोकार नेपालका सदस्य दिपक न्यौपाने, प्राविधिक लक्ष्णम पौडेल लगायत बालबालिकाको उपस्थिति रहेको थियो ।

बालबालिकालाई सम्मान गरौं, बाल अधिकार प्रदान गरौं, विद्यालयमा राजनैतिक कार्यक्रम संचालन बन्द गरौं , सबलाई समान व्यवहार गरौं भन्ने नारा भएका प्ले कार्डसहित बालबालिकाहरु पृथ्वी मावि देखि किशोरी अध्ययन तथा स्रोत केन्द्रसम्म र्‍याली पुगेर अन्तरकृया गरिएको हो । बालबालिकाहरुका अधिकार प्राप्तिका लागि सरोकारवालाको भुमिका हुने अन्तरक्रियामा बोल्ने वक्ताहरूले बताएका थिए ।

र्‍यालीमा जागृति बाल क्लब नेपालका प्रतिनिधि, पृथ्वी माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Write your Comment